कृष्णनगरमा मास्क बैंक संचालन , माहुरी हाेमद्वारा स्वास्थ सामग्री हस्तान्तरण ।

सेयर गर्नुहोस

अंंकुश श्रीवास्तव 
कपिलवस्तु , जेठ २३ । माहुरी हाेम कपिलवस्तु युकेएडकाे सहयाेगमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा मास्क बैंक संचालनमा ल्याइएकाे छ ।
आज हात धुने पानी ट्यांकी सहित मास्क र सेनेटाइजर हस्तान्तरण गर्दै माहुरीहाेमद्वारा संचालित सहज परियाेजनाका अधिकृत दिनेश चाैधरीले इच्छुक दाताले मास्क दान गर्न व आवश्यकता भएकाले लिनका लागि इप्रका कृष्णनगर मै मास्क बैंक संचालनमा ल्याइएकाे बताउनुभयाे । ‘ हुनेले दिएर जाउं नहुनेले लिएर जाउं ‘ भन्ने नाराका साथ मास्क बैंक संचालन गरिएकाेमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेलले माहुरीहाेम र युकेएडलाई बधाई दिनुभएको छ । माहुरीहाेमले हाल कपिलवस्तु ,रुपन्देही , नवलपरासी लगायतका जिल्लामा नाै वटा हातधुने पानी ट्यांकी हस्तान्तरण गर्ने र बाइस स्थानमा मास्क बैंक पनि संचालन गर्ने अध्यक्ष रवि ठाकुरले जानकारी दिनुभएकाे छ।
माहुरी अन्य संस्थासंग समन्वयमा विभिन्न जिल्लाका पालिकाहरुमा विद्यामान हानिकारक समाजिक तथा लैंगिक मान्यतामा रुपान्तरण र न्यायकाे पहुँचमा अभिवृद्धि गर्न विद्यालय, परिवार र समाजिक जवाफदेहिता केन्द्रित पद्धतिमा विभिन्न क्रियाकलाप गर्दै आएकाे संस्था हाे ।

Facebook Comments Box