चालीस बर्ष पुराना भवनले असुरक्षित बिद्यार्थी , आजै दुई काेठे भवनकाे शिलान्यास

सेयर गर्नुहोस

कृष्णनगर ,जेठ २३ । कृष्णनगर नगरपालिका दाेस्राे पुरानाे विद्यालय महेन्द्र माविमा दुई काेठे भवन निर्माण शुरु भएकाे छ ।

आज कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले राष्ट्रपति पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत दुई काेठे भवनकाे शिलान्यास गर्नुभएकाे छ । कृष्णनगर नगरपालिकाकाे दाेस्राे पुरानाे विद्यालयमा पुर्वाधारका कमीले शिक्षण सिकाई असहज हुँदै गएकाले दुई काेठे भवनले बिद्यार्थी बसाईमा केही सहयाेग पुग्ने विद्यालय व्यवस्थापन समितिका संयाेजक शैलेष प्रताप शाहले बताए । विद्यालयमा अहिलेपनि लगभग चालीस बर्ष पुराना जीर्ण भवनहरु मै शिक्षण सिकाई हुँदै आएकाले बिद्यार्थीहरुपनि सुरक्षित महसुस गरेका छैन्न । विद्यार्थीकाे चाप पनि निरन्तर बढ्दै गएकाले पनि आवश्यक पुर्वाधार निर्माणमा सराेकारवालाले चासाे लिनुपर्ने विद्यालयका प्रधानाध्यापक अनिल कुमार श्रीवास्तवकाे भनाई छ । विद्यालय माध्यमिक तहकाे कक्षा बाह्रसम्म शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुँदै आएकाे प्रअ श्रीवास्तवले जानकारी दिनुभएकाे छ । कार्यक्रममा वार्ड अध्यक्षद्वय सगीर अहमद, संजय गुप्ता र व्यस्थापन समितिका महादेव विश्वकर्मा ,दिलीप गुप्ता तथा सल्लहकार समितिका विनय गिरी ,हरिपाल चतुर्वेदी,  शिक्षक राजेश झाकाे उपस्थिति थियोे ।

Facebook Comments Box