जसपा नेता राम प्रकाश चाैधरीकाे निधन

सेयर गर्नुहोस

कपिलवस्तु , जेठ २० ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ निवासी जसपाका केन्द्रीय सदस्य राम प्रकाश चौधरीको असामायिक निधन भएको छ । कोरोना संक्रमित भई तौलिहवा अस्पतालमा झण्डै ३ हप्तासम्म भर्ना भई उपचाररत रहनु भएको थियो ।
उहाँलाई थप उपचारका लागि भारतको लखनऊ सहारा अस्पतालमा भर्ना भई उपचारको क्रममा आज राति २ बजेतिर निधन भएको र पार्थिक शरीर ल्याउँदै गरेको परिवारले जनाएको छ ।

उहाँले लामो समयदेखि राजनीति क्षेत्रमा समाजसेवा गर्दै आउनुभएको थियो । उहाँ जनता समाजवादी पाटी नेपालका (जसपा) का केन्द्रीय सदस्य थिए । प्रदेश सभा निर्वाचनमा प्रदेश सदस्य पदमा चुनाव लडेका थिए । विजयनगरले एउटा होनहार युवा नेता गुमाउँदा अपूर्णीय क्षतिले गाउँपालिका नै शोकमा डुबेको छ ।

Facebook Comments Box