शिवराजमा नया निमेसु डाक्टर चाैधरी नियुक्त

कपिलवस्तु , जेठ १७ । कपिलवस्तुकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालमा नया निम्ति मेसुलाई स्वागत गरिएकाे छ ।
जिल्ला दाेस्राे अस्पतालमा धेरै दिनदेखि मेडिकल सुपरिटेन्डेन्टकाे पद खाली रहेकाले दैनिक कामकाज र सेवा संचालन कठिनाइ हुदै आएकाे थियाे । कृष्णनगर नगरपालिकाले केहीदिनका लागि स्टाफ नर्स सत्यलक्ष्मी शाक्यलाई नि. मेसु बनाएकाे थियाे वहांकाे कार्यकाल सकिएपछि अस्पतालका मेडिकल अधिकृत डा. मुकेश कुमार चाैधरीलाई नि.मेसु काे जिम्मेवारी सुम्पिएकाे प्रमुख प्रशासकिय अधिकृत विजय बहादुर कार्की ले जानकारी दिनुभयाे । शिवराज अस्पताल र कृष्णनगर नगरपालिकाकाे सहयाेगमा संचालन गरिएकाे आइसुलेसन व्यवस्थापनमा डा. चाैधरीकाे विषेश याेगदान रहेकाे र अहिलेपनि चाैबिसै घण्टा खटेर अस्पताल सेवा प्रवाहमा सक्रिय रहेकाले उनलाई नि.मेसु बनाइएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
डा. चाैधरी शिवराज अस्पतालभन्दा पहिला भेरि अस्पताल बाके मा कार्यरत हुनुहुन्थ्यो , अहिले आफ्नै जिल्लामा सेवा गर्न अवसर मिलेकाेमा अस्पताल परिवार र नगरपालिकालाई धन्यवाद दिनुभएकाे छ । उनकै समन्वयमा ANTA नामक संस्था तथा कृष्णनगर नगरपालिकाकाे सहयाेग र स्थानीय समाजसेवीकाे अगुवाइमा बिरामी, कुरुवाका लागि अस्पतालभित्र निशुल्क खाना नास्ताकाे व्यवस्थापन गरिएकाे छ ।
