भारत झैं नेपालमा पनि विद्युतिय सवारीलाई प्राेत्साहन

सेयर गर्नुहोस

काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

फाइल तस्बिर

काठमाडौं । सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ ।
भारतमा विद्युतिय गाडीहरुलाई प्राेत्साहन दिदै पेट्रोल पम्पमै चार्जिङ्ग स्टेसन बनाउने रणनिति ल्याएझैं अर्थमन्त्री विष्णु पौडेलले पनि आर्थिक बर्ष ०७८/७९ काे बजेट भाषणका क्रममा विद्युतीय गाडीमा भन्सार छुटदेखि लिएर सरकारले आफै एक सय गाडी संचालनमा ल्याउनेजानकारी गराएका हुन् ।
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।

Facebook Comments Box