संसद विघटन नेपालको आन्तरिक मामिला:भारत

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं, जेठ १२ । संसद विघटन   लगायतका  घटनाक्रम   नेपालको आन्तरिक मामिला भएको  भारतले प्रतिक्रिया दिएको छ ।

नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई हामीले नोटमा लिएका छौं, हामीलाई लाग्छ कि, यी घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरुले आन्तरिक रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ । एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रुपमा सहयोग गरिरहन्छ ।’

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसविरुद्ध संसदका १४६ सदस्य र कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

 

Facebook Comments Box