सिमाकाे सुरक्षामा खटेका सशस्त्र प्रहरीकाे सक्रियता बढ्याे

सेयर गर्नुहोस

धर्मेन्द्र चाैधरी
बिजयनगर , जेठ ११ । विजयनगर गाउंपालिकाकाे पश्चिम सिमामा खटिएका सशस्त्र प्रहरीलाई काेविडबाट सचेत रहि ड्युटीमा खटिन उपरिक्षकले आग्रह गरेका छन ।
कपिलवस्तु जिल्लाकाे पश्चिमी विजयनगर गाउपालिकामा पर्ने देवीपुर विओपीद्वारा खटिएका सशस्त्र प्रहरिहरुलाई काेराेना संक्रमणबाट बचेर सिमा क्षेत्रमा निगरानी गर्नुकाे विकल्प नरहेकाे प्रहरी उपरिक्षक ध्रुब कार्की ले आग्रह गरेका छन ।निशेषधाज्ञाका बेला चाेरी निकासी बढी हुनसक्ने समभावनालाई निरुत्साहित गर्दै जानुपर्ने उपरिक्षक कार्कीकाे भनाई थियाे । उपरिक्षक कार्कीले खुला सिमाका कारण हुने आपराधिक घटनाहरु दुवै तिरका सुरक्षा निकायसंग समन्वय गरि अघि  बढ्न सुझाव दिनुभएकाे थियाे ।

Facebook Comments Box