ANTA द्वारा अस्पतालहरुमा निशुल्क खाना खुवाउने अभियान शुरु

सेयर गर्नुहोस


कपिलवस्तु , जेठ १० । आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ ।                                  काेविड संक्रमणकाे अवस्थामा निशुल्क खाना नास्ताकाे व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तरफबाट फुड किचनलाई पचास हजार सहयाेग गर्नुभयाे र अस्पताललाई एक लाख बराबरकाे स्वस्थ्य सामग्री हस्तान्तरण गर्नुभयाे। त्यसतै   चन्द्राैटाका व्यापारी एवं समाजसेवी विजय जयसवालले एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले एकाउन्न सयकाे आर्थिक सहायता दिने जानकारी दिनुभएकाे छ ।
फुड किचन ताैलिहवाकाे जिल्ला अस्पतालमा पनि निशुल्क खाना र नास्ता वितरण संचालन गरिरहेकाे छ। कपिलवस्तु नगरपालिकाकाे सहकार्यमा फुड किचन संचालन गरिएकाे माहुरी हाेमका अध्यक्ष तथा साझा प्रयास अभियनका संयाेजक रवि ठाकुर ले बताउनुभयाे ।
काेराेना संक्रमणका कारण हाेटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदा बिरामीहरु खुशि भएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरी बताउँछन् । उनले ANTA संस्थालाई धन्यवाद दिदै सहयाेगी सबै याे विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुराेध गर्नुभएकाे छ । हाल संचालनमा रहेका फुड बिचनहरुले बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरेकाे छ ।

Facebook Comments Box