कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई खाद्यान्न सहयाेग

नेपालगन्ज । कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको सुन्दरकाण्ड मित्र मण्डलीद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोग गर्ने क्रम जारी रहेको छ ।
बाँके को रैथाने समुदाय कुर्मी हरु को संस्था “कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको छ।भेरी प्रादेशिक अस्पताल मा रहे का बिरामी र कुरुवाहरुलाई उपलब्ध हुदै आए को सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको हो। नेपालगंज उपमहानगर पालिका का मेयर धवल शमशेर राणा को उपस्थितिमा भए को उक्त कार्यक्रम मा मेयर राणा ले सामाजिक काम मा सबै ले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो। सोही अवसरमा रसोई संचालकहरु लाई मानविय सेवा मा निरन्तर लागे को मा अंगबस्त्र प्रदान गरी सम्मान गरियो। कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको आउने दिनमा सामाजिक सेवा मा कुर्मी समाज ले आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो। ।
कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी (अक्षरेपी ६० हजार बराबर) भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अन्जनी माता रसोई घरलाई सहयोग गरिएको डा. कौशल कुमार वर्माले बताउनुभयो ।सहयोग हस्तांतरण कार्यक्रम मा भेरी अस्पतालका में. सु. डॉ प्रकास थापा अस्पताल संचालक समिति का अध्यक्ष प्रमोद धिताल को समेत उपस्थिति रहे को थियो।
उक्त अवसर मा स्वास्थ मापदंड को पालना गर्दै समाज का अगुवाहरु राम कुमार चौधरी,सुरेन्द्र वर्मा, बिराट वर्मा, रबिन्द्र चौधरी, बिशाल वर्मा, बिनोद वर्मा, बड़ा न १८ का वडाअध्यक्ष दीपक वर्मा उपस्थित भई खाद्यान्न हस्तांतरण गरे का थिए।
