अभिषेक प्रताप शाह सवार गाडी दुम्कीबासमा दुर्घटना, सबै सकुशल

सेयर गर्नुहोस


नवलपरासी ।
प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी -१ दुम्कीबासमा दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।

कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए ।अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचार भइ काठमाडौं जाने दाइ शैलेष प्रताप शाहले जानकारी दिनुभएकाे छ ।

दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा भए शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ ।उनी कांग्रेसका केन्द्रीय नेता बालकृष्ण खांडकाे सहयाेगमा काठमाडौं पुग्ने स्राेतले जनाएकाे छ ।

Facebook Comments Box