अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग गर्दै थप सहयाेग गर्न मेयर शाहकाे अनुराेध

कृष्णनगर ,जेठ ५ । काेराेना संक्रमण विरुद्ध आइसालेसन संचालनमा सहयाेग गरिरहेकाे शिवराज अस्पताललाई एक लाख बराबरकाे स्वास्थ्य सामग्री सहयाेग गरिएकाे छ ।
कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तर्फबाट एक लाख बराबरकाे स्वास्थ्य सामग्री र अैाषधि शिवराज अस्पताललाई हस्तान्तरण गर्नुभएकाे हाे । फ्रन्टलाइनमा सेवा गरिरहेका अस्पतालका कर्मचारीका लागि मास्क, सेनेटाइजर,गल्व्स लगायत अन्य इक्युपमेन्ट सहयाेग गर्नुभएकाे अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरीले बताउनुभयाे ।
उक्त सामग्री हस्तान्तरण गर्दै नगरपालिका मार्फत २५ लाख विनियोजन गरिएकाे नगरप्रमख शाहले बताएका छन । चार वटा स्थानीयतह कृष्णनगर , विजयनगर , शिवराज र महराजगंजका बिरामिहरुलाई सेवा दिइरहेको यस अस्पतालमा हाम्राे नगरपालिकाले मात्रै आर्थिक भार रहेकाेले अन्य दाता संस्था , व्यापारी लगायत सहयाेगी हातहरु अगाडि आउन नगरप्रमख शाहले अनुराेध समेत गरेका हुन ।
