१३ बर्षीय बालिकाकाे बलात्कार आरोपमा २ जना पक्राउ

कपिलवस्तु, ५ जेष्ठ । कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् ।
गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ । आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा राखेर बालिकालाई उनीहरुले आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएका छन् । अहिले पिडितकाे उपचार शिवराज अस्पताल बहादुरगंजमा भैइरहेकाे अस्पताल प्रशासनले जनाएको छ । आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर शंकर आचार्यले बताए ।
Facebook Comments Box
