सांसद शाहले अक्सिजन प्लान्टका लागि एक लाख सहयाेग दिने

कपिलवस्तु , जेठ ३ ।
काेराेना संक्रमितकाे उपचारमा अक्सिजनका आवश्यकता बढदै गएकाले जिल्लाको कपिलबस्तु अस्पतालमा अक्सिजन पलान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले व्यक्तिगत तर्फबाट एक लाख सहयोग दिने भएका छन् ।
सांसद शाह कपिलबस्तु क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन । उनले सामाजिक सञ्जालबाट सहयोगको घोषणा गर्दै लेखेका छन् कपिलवस्तु जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्नका निम्ति मेरो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँको सहयोग घोषणा गर्दछु ।’
सांसद शाह चार पटक सांसद भईसकेका छन । कपिलवस्तु क्षेत्र संविधान सभा क्षेत्र ५ बाट ०६४ र ०७० सालमा दुई पटक र २०७४ सालको आम निर्वाचनमा समेत लगातार तीनपटक निर्वाचित र एक पटक मनाेनित भइसकेका लाेकप्रिय नेता मध्ये एक हुन ।
याे भन्दा पहलापनि अफ्नाे संसदिय क्षेत्रका चारवटा स्थानीय तहलाई एम्बुलेन्स सहयाेग गरेका थिए भने राहत समाग्री समेत हस्तान्तरण गरेका थिए ।
