स्वास्थ शाखाकाे निसक्रियताले बिरामी मारमा
कृष्णनगर, बैशाख ३१ । कृष्णनगर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाकाे फितलाे व्यवस्थापनले बिरामी समस्यामा परेका छन ।
काेराेना महामारीका बेला नगरपालिकाकाे स्वास्थ्य शाखाले शिवराज अस्पताल लगायत अन्य स्वास्थ्य चाैकीहरुमा आैषधि अभाव देखि लिएर कर्मचारी व्यवस्थापन गर्न नसक्दा समस्या हुँदै आएकाे छ । हाल नगरपालिकाकाे राम गाेरखा माविमा रहेकाे आइसुलेसनमा समेत स्वास्थ्यकर्मीका व्यवस्थापन र तिनका लागि सुरक्षा सामग्री व्यवस्थापन गर्न सकेकाे छैन । स्थानीयले सहयाेग गरेकाे पीपीई, मास्क, सेनेटाइजरका भरमा अस्पताल संचालन गरिएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरीकाे भनाई छ ।डा. चाैधरि अनुसार स्वास्थ्य शाखा संयाेजक शंकर भट्टराईसंग सम्पर्क गर्दा फाेनै नउठाउने , उठाएपनि ठिक छ भईहाल्छ भन्नुहुन्छ तर केही रेसपाेन्स हुदैन । राति राति खटेर काम गरिरहेकाे छु तर रेसपाेन्स शुन्य हुन्छ अब यस अस्पतालमा काम गर्न गाह्राे भइरहेकाे डाक्टर चाैधरीले दुखेसाे पाेखे । स्वास्थ्य संयाेजक भट्टराईले आफुहरु सहयाेग गर्दै आएका छाै , सबै व्यवस्थापन भईसकेकाे भनेका छन । तर अस्पताल पुग्दा कहिले आैषधि छैन त कहिले कर्मचारी छैन्न जस्ता समस्या दिनहु देखा परेकाे स्थानिय बिरामी कुरुवा जमुना कश्यपले बताए ।
अस्पतालमा आवश्यक पुर्वाधार निर्माणदेखि लिएर आैषधि व्यवस्थापनमा नगरपालिका सहयाेग गर्दै आएकाे छ, कर्मचारीकाे मनाेबल उच्च राख्न हामी आवश्यक सुविधा पनि दिन्छौं तर काेराेना महामारी जस्ताे संवेदनशील अवस्थामा काेहि कसैले हेलचक्रयाई गर्छ भने तुरुन्तै कार्यवाही गरिने नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।
विगत केही दिनदेखि अस्पतालका आन्तरिक कर्मचारीहरुलेत कहिले सिरिन्ज छैन बिरामीहरु गुनासाे गर्छन। आफ्नाे व्यक्तिगत फाइदाका लागि राजनिती गरि अस्पताललाई बदनाम गराउने र डाक्टर टिक्न नदिइनेसम्म खेल खेल्ने गरेकाे एक जना कर्मचारीले बताएका छन ।
कृष्णनगर नगरपालिकाले आकस्मिक बजेट मार्फत २५ लाख रकम विनियोजन गरेकाे छ काेविड विरुद्धकाे व्यवस्थापनका लागि , तर हालसम्म अस्पतालले आफ्नै स्राेतसाधानले आइसुलेसन संचालन गर्दै आएकाे छ । स्वास्थ्य शाखाकाे निष्क्रियताले गर्दा अस्पतालमा उपचारका लागिपुगेका बिरामी र कुरुवाबाट स्वास्थ्यकर्मीहरु समेत गाली खानुपरेकाे अहेब रविप्रकाश उपाध्यायले बताउनुभयाे ।अक्सिजन नपाएर जनता बेहाल रहेकाे अवस्थामा कर्मचारी इमानदारीपुर्वक भइ खटेमा मात्र महामारीबाट बाच्न सकिने सराेकारवालाकाे भनाई छ । शिवराज अस्पताल र अन्य हेल्थपाेष्टहरुमा बिरामी चाप झन बढ्दै गएकाे छ ।
