स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ सामग्री सहयाेग
कृष्णनगर , बैशाख २८ । काेराेना संक्रमण विरुद्ध फ्रन्टलाईनमा सेवा दिईरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ ।
शिवराज अस्पताल र प्रहरी कार्यालय बहादुरगंजलाई स्थानीय समाजसेवी एवं पुर्व प्रधान शिवप्रसाद जयसवालले मास्क, सेनेटाइजर, फेस सिल्ड,ग्लाेव्स, आक्सिमिटर लगायतका सामग्री हस्तान्तरण गर्नुभएकाे छ । अहिले काेराेना संक्रमणका रुपमा आएकाे महामारी मानवजाति माथि गम्भीर संकट ल्याएकाे छ । यस्ताे अवस्थामा आम नेपाली जनताकाे ज्यान जाेगाउन फ्रन्टलाइनर स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुकाे भुमिका अतुलनीय रहेकाले हाम्राे तर्फबाट सानाे सहयाेग गरिएकाे पुर्व प्रधान जयसवालकाे भनाई छ । उनले यस महामारीमा आफ्नाे घरमा बसेर संक्रमण कम गर्न सकिने भएकाले लकडाउन पालना गर्न अनुराेध गरेका छन ।
हाल शिवराज अस्पतालले कृष्णनगर काे आइसाेलेसनलाई प्रविधिक सहयाेग गर्दै आएकाले पनि स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ सामग्रीकाे सहयाेग सरहनिय रहेकाे भन्दै अस्पतालका नि.मेसु मुकेश चाैधरीले सहयाेगी हातलाई धन्यवाद दिनुभएकाे छ।
