प्र नि थापाको मिलोमतोमा गिट्टी बालुवा , लागुअौषधको व्यापक रुपमा तस्करी शुरु
कृष्णा यादव , वीरगंज२७ बैशाख
पर्साको ग्रामिण भेग पटेर्वासुगौली गाँउपालिकाबाट पुनः गिटी बालुवाको तस्करीमा वृद्धि भएको छ । पटेर्वासुगौली स्थित पथरैया प्रहरी चौकीका ईन्र्चाज रामकाजी थापाको मिलोमतोमा भलुआही खोलाबाट गिटी बालुवाको व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन ।
लकडाउ भएपनि इलाका प्रहरी पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाले घुमुवा परिचालन गरि पर्साको ग्रामीण भेगमा रहेको मानवा , बडहनियार ,एकटंगा ,रङ्गपुर ,पथरैया, लगाएतको बजारहरुको अवैध रुपले संचालन रहेको मदिरा भठीका पसलहरुवाट रकम असुल्नै गरेको नाम नछाप्ने सर्तमा एक पसल संचालकले बताएका छन्।
प्रहरी निरिक्षक थापाले ठेकेदार संग मोटो नजराना बुझीे तस्करीको लाईन खुल्ला गरेको स्थानियले आरोप लगाएका छन । अवैध उत्खन्न र गिटी बालुवाको संरक्षणको जिम्मा पाएको सुरक्षाकर्मीनै गिटी बालुवाको तस्करलाई सहयोग गर्न थालेको देखेर स्थानिय चकित बनेका छन । दिनँहु दर्जन भन्दा बढी ट्याक्टर भलुआही खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खन्न गरेर लगेपनि प्रहरी चौकी मौनबसेको स्थानियले बताएका छन । स्थानियले ठेकेदार र प्रहरी निरिक्षक थापाको मिलोमतोमानै बालुवा गिटीको तस्करीमा वृद्धि भएको छ ।
त्यसै गरि पर्साको ईलाका प्रहरी पटेर्वा सुगौलीको संरक्षणमा अहिले तिब्र रुपमा लागुअौषध , भैसी लगाएतका अवैध सामानहरुको तस्करी भइरहेको छ ।यस्ता गतिविधि तर्फ समबन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
