हाेल्डिङ्ग सेन्टर निर्माण नहुदा नाकाबाट भित्रिने नेपालीलाई समस्या

सेयर गर्नुहोस
कृष्णनगर नाका

अंकुश श्रीवास्तव
कपिलवस्तु , बैशाख २७ । जिल्लाकाे कृष्णनगरमा हाेल्डिङ्ग सेन्टर निर्माण नभएका कारण भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई समस्या थपेकाे छ ।
काेराेना महामारीका कारण भारतबाट नेपाल फर्किदै गरेका नेपालीहरु नाकामा हाेल्डिङ्ग सेन्टर नभएका कारण समस्या खेप्नुपरेको छ ।
साे सम्बन्धमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रप ाण ी पाण्डे  ले नाकामा हाेलडिङ्ग सेन्टर निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिपोर्टिङ गरिसकेकाे र केही संचारमाध्यममा सेनाले बनाउने सुनेकाे छु अरु मलाई जानकारी नभएकाे ,एकचाेटी आफै हेर्नुस सत्य तथ्य बुझेर समाचार लेख्नुहाेला भनी जवाफ दिनुभयाे ।
नाका हुँदै भित्रिने सर्वसाधारणहरुकाे एन्टिजन र तापक्रम चेकजांच व्यवस्था कृष्णनगर नगरपालिकाले गरेतापनि कृष्णनगर नाकामा हाेल्डिङ्ग सेन्टर निर्माणमा ढिलाई भएकाले संक्रमण दर झन बढ्न सक्ने अवस्था सृजना भएकाे छ।
हाल नेपालमा काेराेना संक्रमण बढदै गएकाले भारतकाे गम्भीर अवस्थालाई ध्यानमा राखि जिल्लाकाे मुख्य खुला नाका कृष्णनगरमा सेनाले हाेल्डिङ्ग सेन्टर बनाउन पर्ने हाे तर अहिलेसम्म प्रहरीले बनाएकाे आस्थायी त्रिपालमा हाेल्ड गरि यात्रुहरु आफ्नाे गन्तव्यसम्म जाँदै गरेकाे प्रहरी निरिक्षक सुकदेव पाैडेल बताउँछन् ।
जिल्लामा कृष्णनगर नाकामात्र खुलेकाले भारतबाट नेपाल फर्कने नेपालीहरुकाे चाप बढी नै छ । निषेधाज्ञाका कारण हाेटल ,गाडी नपाएकाले हाेल्डिङ्ग सेन्टर नै आवश्यक थियाे तर त्यसकाे व्यवस्थापन हुन नसकेकाले यात्रुहरु थप समस्या शुरु भएकाे छ ।

Facebook Comments Box