महाराजगन्जमा २५ बेडकाे आइसाेलेसन तैयार

सेयर गर्नुहोस
तस्बिर :प्रतिमा विश्वकर्मा


कपिलवस्तु ,बैशाख २२ ।
जिल्लाको महाराजगन्ज नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आइसोलेशन सेन्टर तैयार गरेको छ ।
पालिकाको वडा न ७ कुशाहवा स्वास्थ्य चौकीमा १५ बेडको र वडा नं १० को हरदौना स्वास्थ चौकी भवनमा १० बेडको आइसोलेशन तयार गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । नगरपालिका भित्र रहेका एम्बुलेन्स तयारी अवस्थामा रहेको नगर प्रमुख कलामले जानकारी दिनु भयो ।
प्रमुुुख जिल्ला अधिकारी चक्रपाणी पान्डे नगर प्रमुख अब्दुल कलामले अक्सिजन सहित टोलिले अक्सिजन सहित आइशोलेशन सेन्टर अनुगमन गर्दै उद्दघाटन गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिकामा अहिले ९ पुरुष र ३ महिला मात्र कोभिड संक्रमित रहेका छन ।

Facebook Comments Box