जङ्क फुड निषेध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

कृष्णनगर, जेष्ठ २१

विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ क्षमतामा सुधार ल्याउने उद्देश्यले श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जङ्क फुड निषेध सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको उपस्थितमा कृष्णानगर स्वास्थ्य शाखाले एकदिवसीय कार्यक्रम सञ्चालन गरेको थियो ।मुख्य छलफलहरू विद्यालय हाताभित्र चाउचाउ, कुरकुरे, लेज, र कोल्ड ड्रिंक्स जस्ता जङ्क फुड ल्याउन र बिक्री गर्न पूर्ण रूपमा रोक लगाउन छलफल गरियो । प्रशिक्षक नन्द गोपाल बढ्ईले जङ्क फुडले बालबालिकाको शारीरिक विकास, स्मरण शक्ति र मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे प्रष्ट पारेका थिए।कक्षा ५ सम्म विद्यालयमै सरकारले खाजा उपलब्ध गराएको बताउदै प्रधानाध्यापक जय प्रकाश चौधरीले अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि घरमै तयार पारिएका ताजा र पोषिलो खाजा (जस्तै: मकै, भटमास, फलफूल, रोटी) पठाइदिन आग्रह गरेका छन्।कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्षवृजेश कुमार चतुर्वेदीले बालिकाको सुनौलो भविष्यका लागि विद्यालयलाई ‘जङ्क फुड मुक्त क्षेत्र’ बनाउने अभियानमा सबै अभिभावकको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।कार्यक्रम संचालन स्वास्थ्यकर्मी लक्ष्मी चापागाईले गर्नुभयो।

Facebook Comments Box