बिहीबार देखि नेपाल-भारत सिमा नाका बन्द

काठमाडौं –काेराेना संक्रमण दर बढेपछि बालुवाटारमा बसेकाे मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको थियाे ।
उक्त बैठकले वैशाख १६ गते अर्थात बिहीबारदेखि नेपाल–भारत सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको हो।
पछिल्लो समय छिमेकी देश भारतमा पनि तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा संक्रमण बढ्दै जाँदा सिमानाका कारण नेपालमा पनि यसको जोखिम बढेको छ ।
Facebook Comments Box
