काेराेना संक्रमण राेक्न आधा दर्जन एम्बुलेन्स स्ट्यान्ड बाई , पचास बेडकाे आइसाेलेसन बनाउदै कृष्णनगर

सेयर गर्नुहोस


कृष्णनगर , बैशाख १६ । काेराेना संक्रमण दर बढदै गएकाले कृष्णनगर नगरपलिकाले समबन्धितपक्षसंग आकस्मिक व्यवस्थापन शुरु गरेकाे छ ।
आज कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहकाे उपस्थितिमा उनकै निवासमा जनप्रतिनिधि , स्वास्थ्यकर्मी , नगरपालिका कर्मचारी , सुरक्षाकर्मी र पत्रकार लगायतकाे समबन्धित पक्षहरुकाे आकस्मिक बैठक बाेलाइएकाे थियाे ।
बढदै गएकाे काेराेना संक्रमणले भविष्यमा हुन सक्ने समस्यालाई मध्यनजर नगरपालिकाले एक्बुलेन्स स्टैन्डबाई राखेर पीसिआर चेकजाँच लाई बढाउने तथा एन्टिजेन लगाउनेसम्म काे तैयारी गर्ने निर्णय गरेकाे छ ।
नगरपालिका प्रत्येक वडामा ५/५ बेडकाे आइसाेलेसन वार्ड बनाउनुका साथै रेपिड टास्क फाेर्स पनि गठन गरि संक्रमितलाई समयमै उपचार दिन सक्रिय रहने नगरप्रमुख शाहले बताउनुभयाे ।
कृष्णानगर नगरपालिकामा हाल पांच वटा एम्बुलेन्सकाे व्यवस्था रहेका र थप एक किन्ने पनि निर्णय गरिएकाे छ ।साथै शिवराज अस्पताललाई नगर खाेप केन्द्र बनाई काेविड खाेप लगायत एन्टिजन खाेप पनि दिने व्यवस्थापन गरिने भएकाे छ ।
कृष्णनगर नगरपालिका भारतीय सिमासंग सटेकाले आवतजावतले गर्दा फर्कने नेपालीहरुमा संक्रमित संख्या बढ्न सक्ने सम्भावना रहेकाे नगर स्वास्थ शाखा संयाेजक शंकर भट्टराईकाे भनाई छ ।

Facebook Comments Box