सिमा सहजीकरणको बैठक सहित अन्तरक्रिया कार्यक्रम

सेयर गर्नुहोस

पूर्वी नवलपरासी, मंसिर ९

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा सिमा सहजीकरणको बैठक सहित अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष एवं सिमा सहजीकरण समितिका संयोजक उमेश कार्कीको अध्यक्षतामा बैठक सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीका सशस्त्र प्रहरी निरीक्षक कुल बहादुर खडकाले सिमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न समितिका पदाधिकारी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जनशक्ति मिलेर समस्या समाधान गर्न सकिने बताउदै आगामी दिनहरूमा प्रत्येक महिनामा नै सिमा सहजीकरण बैठक बस्ने बारे जानकारी गराउनु भयो।विनयी त्रिवेणी ७ का संघसंस्थाका प्रतिनिधि,बजार समितिका प्रतिनिधि, सामुदायिक विद्यालयका प्र.अ. र स्थानीय सञ्चारकर्मीको पनि बैठकमा उपस्थिति रहेको थियो।बैठकले सिमा क्षेत्रमा हुने विभिन्न किसिमका गतिविधिहरु निगरानी र रोकथाम गर्ने विद्यालय र समुदाय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र नियमित सिमा सहजीकरण सम्बन्धि बैठक बस्ने लगायत निर्णय भएको एक सहभागीले जानकारी दिएका छन।सो अवसरमा ई.प्र.का. त्रिवेणीका वरिष्ठ स.ई. गगन कुमार गिरी,होटल व्यवसाय संघका प्रकाश कुवर,राष्ट्रिय आधारभुत विद्यालयका प्र.अ. हरि सिंह क्षेत्री,लक्ष्मी आमा समुहकी अध्यक्ष भगिरथा घर्ती, बजार समितिका प्रतिनिधि राम अवतार कुशवाहा,क्लब प्रतिनिधि गौतम उपाध्याय लगायतले वडा न.७ आसपासका इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम गर्ने र दोषीहरुलाई हदैसम्मको कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका थिए।

Facebook Comments Box