लुम्बिनीमा ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्टको अन्तर्किया सम्पन्न
लुम्बिनीमा ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्टको अन्तर्किया सम्पन्न !अंजना चौहानलुम्बिनी ,असोज २७लुम्बिनीमा ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्टको अन्तर्किया सम्पन्न आज सम्पन्न भएको छ ! लुम्बिनी साँस्कृतिक नगरपालिका आयोजन तथा बिश्व बिकास बैंकको आर्थिक सहयोग र शहरी विकास मन्त्रालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो !कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षता तथा शहरी विकास मन्त्रालयका उप निर्देशक सबिन कर्माचार्यको प्रमुख आथित्यता एवम प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, शहरी विकास मन्त्रालयका इन्जिनियर महेश राज रेगमी, वातावरण सुरक्षण परामर्शदाता बाल मुकुन्द पोखेल, जमन नेत्र पाण्डे लगायत अन्य बिभिन्न संघसंस्था, आमासमुह टोल सुधार समिति पद अधिकारी नगर कर्मचारीको आथित्यता एवम स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो !सो कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय जन्मस्थलीको बिभिन्न ठाउँमा फोहोरमैलाको व्यवस्थापन र उचित सरसफाईको कमी एवम बाटोघाटोमा खुल्ला मासु माछा काटेर बेचने गरेकोमा सरोकारवाला मौन रहेको भनि छलफल भयो !सो कार्यक्रममा भैरहवा देखि लुम्बिनीसम्म आउदा ठाउठाउँमा बुद्धको मुर्तीको तल लेखिएको वाक्यांशमा बुद्धको वचन राख्नुपर्ने , इ रिक्सा व सवारी साधनको भाडादर खुलाएर राख्नुपर्ने, महिलाहरुसंग भएको हस्तकलाको प्रयोगले स्थानीय स्तरका माल समान उत्पादन गरि बजारीकरण गर्नुपर्ने,लुम्बिनीमा घुम्न आउने पाहुनाहरुलाई लामोसमय सम्म बस्नका लागि कसरी व्यवस्थापन मिलाउने जस्ता बिषयमा छलफल भएको थियो !लुम्बिनीमा स्थानीय महिलाहरुले अचार ,ढकिया मोमवत्ती उत्पादन, सिलाईकटाई, जुत्ता चप्पल सेन्टरी प्याड, कढाईबुटाई गरि यस क्षेत्रका महिलाहरुकि उत्पादनलाई बजार दिन जोड दिनुपर्ने तथा लुम्बिनीलाई ग्रीन लुम्बिनी क्लिन लुम्बिनी बनाउन लाग्नुपर्ने भनि स्थानीयले आआफ्नो मन्तब्य राखेका थिए !प्रमुख प्रसासकीय अधिकृत तारा ज्ञावालीले सहभागीहरुबाट आएको कुरा एकदमै राम्रो प्रश्नहरु आएको भनि बजेटको अली कमीले व्यवस्थापन गर्न न सकिएको जिकिर गर्दै सामाजिक क्षेत्रहरुमा महिला उदय हुदा कृषि पर्सादेखि महिलवार चौकसम्म पर्यटकीय स्थलको व्यवस्थापन गर्ने भनि जोड दिनु भयो !!त्यसैगरी नगर प्रमुख कल्पना हरिजनले लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष बाहेक बाहिरी बजेट अभावले गर्दा सबै कार्य गर्न असहज भएको छ र नगरपालिकाबाट महिला र किशोरीहरुलाई विभिन्न सिपहरु सिकाई उत्पादन भएका समानको वजारीकरण गर्ने प्रयासमा रहेको भन्दै लुम्बिनी धार्मिक क्षेत्र मात्र नभएर कृषि क्षेत्र भएकोले अन्न भण्डार भएकोले हामीले सबै बजार व्यवस्थापनमा प्रयासरत रहने भनि अस्वाशन दिनुभएको उक्त कार्यक्रमको संचालन तुलसी लामिछानेले गर्नु भएको थियो
