तिहार नजिकिएसंगै नवलपरासीका काेहार समुदाय माेटाेकाे भाँडा बनाउन व्यस्त

सेयर गर्नुहोस

सुरेश यादव,परासी/ असाेज २७ । तिहार नजिकिएसँगै नवलपरासीका स्थानीय काेहार समुदाय माटोका पाला बनाउन व्यस्त छन् । जिल्लाकाे रामग्राम,पाल्हिनन्दन,सरावल,प्रतापपुर लगायतका काेहार समुदायले माटाको भाँडा बनाउँदै आएकाे र तिहारमा माटोका पाला लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको रामग्राम-४ का हरिलाल काेहारले बताउनुभयाे । उहाँले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयाे । जिल्लामा उत्पादन भएका सदरमुकाम परासी,हकुई,पट्खाैली, बेलासपुर,बेलाटारी,सुनवल,बर्दघाट,भुमही लगायतका स्थानमा पुगि काेहार समुदायले बेच्ने गरेको बताउँछन् । अहिले बजारमा प्लास्टिकका दियोहरू आएपनि माटोको पालाको मागमा भने कुनै कमी नआएको उनीहरुको भनाइ छ । गत वर्षकाे तुलनामा यस वर्ष माटोका पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरूले बताएका छन्। नवलपरासीका काेहार समुदायले अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्रीबितरण गर्दै आएका छन्।

Facebook Comments Box