लुम्बिनी सांस्कृतिक नगरपालिका नगप्रमुख सजरुद्धिन मुसलमाको निधन

सेयर गर्नुहोस

अन्जना चौहान , भाद्र १४ रूपन्देही

लुम्बिनी सांस्कृतिक नगरपालिका नगप्रमुख सजरुद्धिन मुसलमाको हृदयघात रोगको कारण शनिबार बिहान निधन भएको छ। गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट जनताको खुशी जिवन बनी नगर प्रमुखमा विजयी भएका थिए । स्थानीय युवा भनाई अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको युवाले जानकारी दिए ।

मुसलमान समाजसेवा साथै जनता जनसमुदायका प्रेणा बनेका थिए लामो समय देखि रोग संग लड्दै आएका थिए अहिले लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा मुसलमानको शव राखिएको छ । परिवारका अनुसार प्रमुखसहित नगरपालिकाको टिम एकसाता लामो सिंगापुर र मलेसियाको भ्रमण पूरा गरेर शुक्रबार मात्रै घर फर्किएका थिए ।

Facebook Comments Box