पोखरियामा राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

राजन कुमार बानिया, पोखरिया , भाद्र ११

नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, पोखरिया नगरपालिका कमिटीले बुधबार पोखरिया–३ स्थित श्री जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव इन्जिनियर मोबिन आलम रहेका थिए भने नगर कमिटी अध्यक्ष दिपु पटेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।संघले विभिन्न प्रजातिका करिब २ सय वटा विरुवा रोपिएको जानकारी राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष सुभाष साहले दिए।सो अवसरमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरी, उपप्रमुख रुबि ठाकुर, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य सुजित गिरि, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अरुण यादव, युवा नेता कौशल किशोर, राष्ट्रिय युवा संघ नेपालका पर्सा जिल्ला अध्यक्ष सुभाष साह, सचिव राकेश राजा, नगर कमिटी अध्यक्ष बिंध्याचल ठाकुर, सचिव सन्तोष गिरी लगायतका नेतागण, स्थानीय अगुवाहरु, बुद्धिजीवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।वृक्षारोपणले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गर्ने भएकाले यसमा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको वक्ताहरूले बताएका थिए। साथै, उनीहरूले युवापुस्तालाई सामाजिक कार्यमा अग्रसर रहन आग्रह गरेका थिए।

Facebook Comments Box