सुटकेस ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ

सेयर गर्नुहोस

रौतहट, भदौ ९ गते । रौतहटको माधव नारायण नगरपालिका–६ की रुबी कुमारी साहको शव रहेको सुटकेस ओसारपसारमा संलग्न एक व्यक्तिलाई अनुसन्धानको सिलसिलामा प्रहरीले सोमबार पक्राउ गरेको छ ।शव रहेको सुटकेस ओसार पसारमा प्रयोग गरिएको इ–रिक्सा चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।गौरदेखि गङ्गा पिपरासम्म पुराउन ५ सय रुपियाँ भाडा तय भएर गौरबाट हिँडेको इ–रिक्सामा समस्या आएपछि मुडवलबामै सुटकेस ओरालेर फर्केको इ–रिक्सा चालकले प्रहरीलाई बयान दिएको छ । सुटकेशभित्र के राखिएकोबारे आफू अनभिज्ञ रहेको इ–रिक्सा चालकले बयानमा भनेको छ ।साथै प्रहरीले गौर बालमन्दिर पछाडि एक घरबाट रुबिले प्रयोग गर्दै आउनु भएको चप्पल भेटाएको छ ।बाल मन्दिर पछाडि डेरा लिएर रुबिका प्रेमी बस्दै आएका थिए । रुबिका परिवारजनले हत्यारा रुबिको प्रेमी नै रहेको ठोकुवा गरेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अनुसन्धानको नजिक पुगिसकेकाले हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राती फेला पारेको थियो ।

Facebook Comments Box