चौथो वर्षको परीक्षाफलमा प्रदेश प्रथम र द्धितीय बने सयपत्रीका विद्यार्थी

सेयर गर्नुहोस

सिद्धिपुर, भाद्र ९ वाणगंगा

सिद्धिपुरमा अवस्थित देशकै गौरवमय शैक्षिक इतिहास रहेको होराइजन मा.वि.को अभिन्न अंग सयपत्री क्याम्पसले विविएस चौथो वर्षको हालै सार्वजनिक नतिजामा प्रदेशमै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सयपत्री क्याम्पसका विद्याथी श्रृृष्टी सुवेदी ८३.४ प्रतिसत अंक सहित प्रदेश प्रथम भएकी छिन् ।साथै प्रदेश द्धितीय पनि सयपत्रीकै विद्यार्थी आशिष वेल्वासे बनेको क्याम्पस प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । आशिषले ८२.४ प्रतिसत अंक ल्याएका छन् ।“उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भनेझैं हामी हाम्रो लक्ष्य भेटाउन त अझै प्रयासरत नै छौँ फेरि पनि विद्यार्थीहरुले हाल ल्याइरहेका उपलब्धी साँच्चै नै सल्युट गर्न लायक छन् । हामी हाम्रो पालिका तथा जिल्लालाई नै सर्वाेत्कृष्ट शैक्षिक गन्तव्यहरुको एउटा शैक्षिक हब बनाउने अभियानमा छौँ । हाम्रा विद्यार्थी अब नेपाल प्रथम बन्ने लक्ष तर्फ अग्रसर हुनेछन् । हामी सोहि प्रकारको मार्ग दर्शन गर्न मै अभ्यस्त छौँ । शिक्षक मित्रहरु, विद्यार्थी भाइ बहिनीहरु तथा समादरणीय अभिभावक ज्यूहरुको संयुक्त इफोर्टले निकट भविष्यमै त्यो प्राप्त गर्न सक्षम हुने विश्वास लिएका छौँ ।“ क्याम्पस प्रमुख बासुदेव घिमिरेले भन्नुभयो ।होराइजन मा.वि.को व्यवस्थापनमा आए संगै सयपत्री क्याम्पसले जिल्ला प्रदेश तथा देशमै उत्कृष्ट नतिजा ल्याएको हो । यस अघि पनि सोहि क्याम्पसका विद्यार्थी आशिष वेल्वासे नेपाल तृतीय भएका थिए ।

Facebook Comments Box