‘दि स्पिकिङ टाइटन’ मा लुम्बिनीका दिनेश कुमार गुप्ता उत्कृष्ट
लुम्बिनी ,अन्जना चौहान, भाद्र ९
देशभरका वक्ताहरूको प्रतिस्पर्धा रहेको टिभी रियालिटी शो ‘दि स्पिकिङ टाइटन’ मा लुम्बिनीका युवा प्रभावशाली स्पिकर दिनेश कुमार गुप्ता उत्कृष्ट ३० मा स्थान बनाउने सफल भएका छन्।दामी मिडियाद्वारा आयोजित यस प्रतियोगिताको दोस्रो चरण बुधबार र बिहीवार ललितपुरस्थित एडभान्स स्टुडियोमा सम्पन्न भएको थियो। देशभरबाट सहभागी प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिँदै गुप्ताले निर्णायकहरूको ध्यान खिच्न सफल भएका हुन्।कार्यक्रममा निर्णायकको भूमिकामा दिलभुषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहेका छन् भने सौनक भट्ट मुख्य प्रशिक्षक (चिफ मेन्टर) का रूपमा आवद्ध छन्।दिनेशले पहिलो चरणमा ‘प्याटन उद्योग र सम्भावना’ विषयमा दमदार प्रस्तुति दिए। भाषणमा उनले आफ्नो मातृभाषा अवधी सहित भोजपुरी, हिन्दी र अंग्रेजी भाषाको मिश्रण प्रयोग गरी भाषिक विविधता प्रस्तुत गरे, जसले उनीप्रति दर्शक र निर्णायकको विशेष ध्यान आकर्षित गर्यो।दोस्रो चरणमा उनले ‘भ्रष्टाचार विरुद्धको आवाज’ विषयमा एक भावनात्मक र चेतनामूलक भाषण प्रस्तुत गरे, जसले निर्णायकहरूलाई प्रभावित पार्दै उनलाई उत्कृष्ट ३० मा पुर्यायो।‘दि स्पिकिङ टाइटन’ अबदेखि एपी वान टेलिभिजनमार्फत प्रत्येक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदैछ।दिनेशको यो सफलता लुम्बिनी क्षेत्रका लागि गौरव प्रेरणादायी उपलब्धि बनेको छ। उनले आगामी चरणहरूमा पनि सामाजिक सरोकारका विषयमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
