शैक्षिक संस्थाहरू बन्द गर्ने अभ्यास अब अन्त्य हुनुपर्नेमा जोड

सेयर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय तथा विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले विद्यार्थीको मौलिक हकमा हस्तक्षेप हुने गरी शैक्षिक संस्थाहरू बन्द गर्ने अभ्यास अब अन्त्य हुनुपर्नेमा जोड दिइन् ।श्रेष्ठले शैक्षिक संस्था बन्द गर्ने अधिकार निजी विद्यालयहरूमा कार्यरत शिक्षकहरूले पनि नपाउने गरी कानुनी व्यवस्था ल्याउनुपर्ने बताइन् । शिक्षकहरूको हकमा बन्द वा हड्ताल गर्न नपाउने कुरा विधेयकमा उल्लेख गरेको बताउदै यो कुरा निजी विद्यालयमा पनि लागू हुने गरी स्पष्ट लेखिनुपर्ने उनको भनाइ छ ।सांसद श्रेष्ठले संविधानअनुसार सबै नागरिकले अनिवार्य र निःशुल्क शिक्षा पाउने हक सुनिश्चित गर्न आवश्यक विधेयकीय प्रावधानहरू बनाइनुपर्ने आवश्यकता पनि औँल्याइन् ।बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

Facebook Comments Box