राष्ट्रीय जानवर गाईको हत्या विरुद्ध हिन्दुबादी संगठन गम्भीर छानबिन गर्न सीडीओ लाई ज्ञापन।

सेयर गर्नुहोस

कमलेश चन्द्र गुप्ता
बैशाख १२ – कपिलवस्तु

राष्ट्रीय जानवर गाईको हत्या बिरुद्ध हिन्दुबादी संगठनहरु गम्भीर भएका छन। कपिलवस्तु जिल्लामा भएको गौ हत्यालाई छानबीन गर्नका लागि जिल्ला प्रमुख अधिकारी चक्र पाणी पाण्डे लाई हिन्दुबादी संगठनहरुले आज ज्ञापन पत्र बुझाएका छन। बैशाख ८ गते शिवराज नगरपालिका वार्ड नं दश लालपुरमा भएको राष्ट्रीय जानवर गाईको हत्यालाई छानबीन गर्न नेपाल विश्व हिन्दु महासंघको नेतृत्वमा जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझहिएको हो। नेपाल बिश्व हिन्दु महासंघ ,जय महाकाल सामाजिक संस्था र हिन्दु युवा शक्तिले आज संयुक्त रूपमा जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन।

हिन्दु धर्मको पुर्ण संरक्षण हामी सबै काे सामुहिक कर्तव्य पनि रहेको नेपाल बिश्व हिन्दु महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष उदयभान यादवले बताउनु भएको छ। नेपाल काे संविधान द्वारा संरक्षण गरिएको राष्ट्रिय जनावर गाई र हाम्रो हिन्दु धर्म संस्कृतिले पनि गाईलाई जननी,गाैमाता, लक्ष्मी तथा विविध प्रकार ले मान्दै अाएका छाै उहाँले बताउनुभयो।
उहाँले भन्नु भयो “गाैमाता , लक्ष्मी माता अथवा कतै राष्ट्रिय जनावरलाई काटमार गर्ने त कत्तै विविध तरिकाले गाै हत्याका याेजनाहरु तानाबुना बनांई मार्ने गरेको देखिन्छ । ”

कपिलवस्तु मा विभिन्न ठाउँमा लगातार गाै तस्करी भइरहेको र हामी पटक पटक इलाका प्रशासनलाई पत्र मार्फत जानकारी गराउदा पनि कुनै ठाेस कार्यवाही नभएको दाेषीकाे मनाेवल दिनप्रतिदिन बढदै गएको हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेले बताउनुभयो। बैशाख ८ गते बुधबार कपिलवस्तु स्थित शिवराज नगरपालिका वडा नं- १० लालपुरमा गरिएको निर्मम गाै हत्या प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जय महाकाल सामाजिक संस्था कपिपबस्तुका अध्यक्ष धर्मराज विश्वकर्माले बताउनुभयो ।

गाैमाता प्रतिकाे याे गम्भीर अापराधिक घटना पुर्वयाेजना का साथ भएको हुदा जुन तह र तप्कामा रहि यस्ता निज याेजना बनाइ अति निर्ममता पुर्वक गाै हत्या गरियो , याे अत्यन्तै गम्भीर र संगठनिक अपराध हाे भन्ने प्रति हिन्दु संगठनहरुले सहसुस गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

तर्सथ यस अत्यन्त गम्भीर गाै हत्या जस्तो अति संवेदनशील अापराधिक घटना मा संलग्न जाे काेहिलाई पनि यथाशीघ्र कानुनी कटघरा मा ल्याइ कडा भन्दा कार्वाही गरियोस भनी हिन्दुबादी संगठनले संयुक्त रुपमा कार्यवाही काे माग गरेका छन।

यदि छलकपट , हेलच्याकाई तथा अन्य कुनै पनि बहानामा कार्यवाही नभएको खण्डमा हिन्दु संगठनहरुले सशक्त संर्घष का चरणबद्व कार्यक्रम सहित अान्दाेलन गर्ने ज्ञापन पत्र द्वारा चेतावनी समेत दिएका छन।

Facebook Comments Box