दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे
दाङ – दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हाे।
दुर्घटनामा टाउकोमा चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । तर डाक्टरले मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैखरी
Facebook Comments Box
