स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण
वैखरी अनलाईन, बाणगंगा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, कपिलवस्तुले पिपरा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरेको छ ।
महासंघले आफ्नो २८औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीहरूलाई फलफुल वितरण गरेको महासंघका जिल्ला अध्यक्ष नारायण बहादुर थापाले वैखरीलाई जानकारी दिनुभयो ।
अध्यक्ष थापाका अनुसार स्थापना दिवसलाई समाजसेवामूलक कार्यमार्फत् अर्थपूर्ण बनाउने उद्देश्यले अस्पतालमा फलफुल वितरण गरिएको हो । “हामी स्थापना दिवस केवल औपचारिक कार्यक्रमको रूपमा होइन, समाजमा सकारात्मक प्रभाव पार्ने खालको सेवा दिन चाहन्छौं,” अध्यक्ष थापाले भन्नुभयो ।
बिरामी र उनीहरूका आफन्तहरूले कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए ।
स्थापना दिवसको अवसरमा गरिएको यस्तो सामाजिक कार्यले समुदायमा पार्टीको मानवमुखी पक्षलाई प्रस्तुत गर्ने विश्वास छ ।
कार्यक्रममा महासंघका पदाधिकारी, सदस्यहरू तथा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो । वैखरी
