कपिलवस्तुको मायादेवीले ल्यायो ६७ करोड ३ लाख ९६ हजार बराबरको बजेट
वैखरी अनलाईन, मायादेवी । कपिलवस्तुको मायादेवी गाउँपालिकाले ६७ करोड ३ लाख ९६ हजार ९ सय २० रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १६औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आर्थिक बर्ष २०८२/८३ का लागि ६७ करोड ३ लाख बढीको बजेट ल्याउनु भएको हो ।
पालिका अध्यक्ष मुसलमानले बजेटसहित गाउँसभामा प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक गाउँसभाले सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेलीले जानकारी दिनुभयो । भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशु र रोजगारलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पालिकाका ८ वटा वडाहरुको कुल सिलिङ्ग बजेट रु.८ करोड ८० लाख छ । जहाँ प्रत्येक वडालाई रु.१ करोड १० लाख बराबरको सिलिङ्ग बजेट दिईएको छ ।
पालिका अध्यक्ष वलिउद्दिन मुसलमानले वजेटको कार्यान्वय पक्षलाई प्रभावकारी बनाउने गरि लाग्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मायादेवीवासीलाई स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरेको अनुभूति दिलाउनु सबै जनप्रतिनिधि र कर्मचारीको दायित्व भएको उहाँको भनाई छ । वैखरी
