सार्वजनिक सुनुवाइ मार्फत जनताका गुनासा सुन्दै सत्यवती
३१ असार २०८२, मंगलवार
गुल्मी, ३१ असार । गुल्मीको सत्यवती गाउँपालिकाले सार्वजनिक सुनुवाइ मार्फत नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी नागरिकका समस्या र गुनासाहरू सम्बोधन गरेको छ । सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले पालिकाले एक आर्थिक वर्षको अवधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च विवरणको बारेमा सेवाग्राहीलाई विस्तृत रूपमा जानकारी गराएका थिए । बुटवल टुडे
Facebook Comments Box
