स्वास्थ्य बीमाको दर्ता सहयोगीहरुलाई दुई दिने तालिम
कपिलवस्तु , असार २९ । जिल्लाकाे ताैलिहवामा स्वास्थ्य बीमाको दर्ता सहयोगीहरुलाई दुई दिने तालिम सम्पन्न भएकाे छ ।
आजको कार्यक्रमको कार्क्रमको अध्यक्षता स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशको प्रदेश संयोजक सृजना पौडेलले गर्नु भएको थियो |यसका साथै यस कार्यक्रमको प्रमुख अथितिको रुपमा शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाले गर्नु भएको थियो | विशिष्ठ अतिथिको रुपमा महराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम तथा विजय नगर गाउँपालिकाको आध्यक्ष गोपाल बहादुर थापा रहनु भएको थियो साथै अतिथिको रुपमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई विजय नार गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी एवं आधारभूत अस्पतालको अस्पताल प्रमुख डा. अमित पाण्डे, GIZ को TA बसन्त थापा , GIZ को JUNIOR ADVISOR स्वस्तिका पन्तले एवं GIZ को तर्फ बाट मुख्य प्रशिक्षक दुर्लभ कुम्मर बोगटी रहेको जिल्ला संयोजक वशिष्ठ तिवारीले बताए |
कार्यक्रमको उद्घाटन ब्यानर पढेर शिवराज नगरपालिकाको नगरप्रमुख अजय थापाले गरेको जिल्ला संयोजक तिवारीले बताए |
प्रथम सत्रमा दुई दिनको लागि शिवराज नगरपालिका, महराजगंज नगरपालिका तथा विजय नगरपालिकाको कुल २९ जना दर्ता सहयोगी सहभागी भएको छन् |
कपिलवस्तुमा स्वास्थ्य बीमा नमुनाको रुपमा बिस्तार गर्नको लागि सबै जना दर्ता सहयोगी लाग्नु पर्ने स्थानीय तह प्रमुख हरुले जोड दिए | एवं GIZ को तर्फ बाट बसन्त थापाले अतिथि हरुलाई मायाको चिनो हस्तानातरण गर्दै बिदाई गरिएको छ |
२०७२ साल चैत्र २५ गते कैलाली जिल्ला बाट स्वास्थ्य बीमा कार्यक्रम आरम्भ भई २०७४ साल चैत्र ०५ गते देखि कपिलवस्तु जिल्लामा बिस्तारको क्रममा तेस्रो चरणमा दर्ता शुभारम्भ भएको थियो |
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP) को नेतृत्वर जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को सहयोगमा, GIZ द्वारा नेपाल जर्मन दुइपक्षीय कार्यक्रम “स्वास्थ्य क्षेत्र रणनीतिक दोस्रो (S2HSSII) र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण (S2GESI) रणनीति सहयोग परियोजना” अन्तर्गत दुई दिने स्थानीय तहका स्वास्थ्य बीमा बोर्डका दर्ता सहयोगीहरुको क्षमता विकासका लागि कार्यशाला गोष्ठी आज देखि ६ दिन सम्म एवं कुल ३ चरणमा तालिम गोष्ठी हुन् लागेको छ |


