भारतीय खाेप कोभिशिल्डकाे दाेस्राे मात्रा दिने अभियान शुरु

सेयर गर्नुहोस

काठमाडौं ।भारतमा निर्मित कोभिशिल्ड खोपले नेपालमा पहिलो चरण खोप लगाई सकेकालाई दोस्रो पटक खोप दिने अभियान शुरु भएको छ ।
कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । चीनबाट आएको कोरोना विरुद्धको खोप बिश्व मै अहिले प्रभावकारी नभएकोले नेपाललाई पनि चिनले दिएको अनुदानको खसै नेपालमा चर्चा न पाएको बिज्ञहरुले बताएका छ्न । अहिले चिनियाँ खोप असफल हुन सक्ने अनुमान समेत गर्न सुरु गरेका छ्न । उता भारत सरकारले सहयोग गरेको कोभिशिल्ड खोप बिश्व थुप्रै देशहरुमा आफ्नो प्रभाव छोडन सफल भएको नेपाल स्थित पहिले डोज लिएकाहरुले बताएका छन् ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । उक्त अवधिमा पहिलो डोज खोप लगाएका व्यक्तिले बैंशाख ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन पाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोप दिइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख जनाले लगाएका थिए । यसैबीच जसपाका शिर्ष नेताहरुले काठमाडौंको बानेश्वरस्थीत सिभिल अस्पतालमा पुगेर कोरोना खोप लगाएका छन् । खोप लगाएपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कोरोना महामारी बढेका बेला सवैले खोप लगाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा खोप केन्द्र तोकेको छ । यसअघि पहिलो जुन खोप केन्द्रमा खोप लगाउन भनिएको थियो । तर, काठमाडौं कार्यालयले अघिल्लो सूचना संसोधन गर्दै पायक पर्ने स्थानमा खोप लगाउन सकिने व्यवस्था मिलाएको हो ।

Facebook Comments Box