बौद्धबाट एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

सेयर गर्नुहोस


२४ असार २०८२, मंगलवार
काठमाडौँ । काठमाडौँको बौद्धस्थित नयाँबस्ती क्षेत्रबाट एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–६ बौद्धमा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय वाङ जियानलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको डेरामा खानतलासी गर्दा ठूलो परिमाणको नगद फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

प्रहरीका अनुसार वाङले बरामद भएको उक्त रकमको स्रोत खुलाउन सकेका छैनन्। रकमको शंकास्पद प्रकृति तथा स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुटवल टुडे

Facebook Comments Box