त्रिशुलीमा २ जनाको शव फेला

सेयर गर्नुहोस

मलेखु : धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ। नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बैरेनी र बेल्खुमा शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। प्रहरीले भोटेकोशी बाढीमा परेकाकै शव हो कि अन्य को हो अनुसन्धान भइरहेको जनाएको छ। थाहा खबर

Facebook Comments Box