विजयनगरमा पनि देखियाे लम्पी स्किन राेग, सचेत हुन आग्रह

सेयर गर्नुहोस


२०८२ असार २४, मंगलवार ०५:५६ गते

विजयनगर, २४ असार । कपिलवस्तुकाे विजयनगर गाउँपालिमा पनि लम्पी स्किन राेग देखा परेकाे छ । गाउँपालिकाकाे वडा नम्बर २ लालपुरमा एक गाईमा लम्पी स्किन राेग देखा परेकाे पशु प्राविधिक सबिता न्याैपानेले जानकारी दिइन् । गाई, भैँसीमा भाइरसकाे कारणले यस राेगले पशुमा महामारीकाे रुपमा फैलिन सक्ने पशु प्राविधिकहरुले बताउँछन् ।

गाउँपालिका पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले गाईमा लम्पी स्किन राेगकाे लक्षण देखिन साथ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताैलिहवाबाट खाेेपकाे लागि सम्पर्क गरेकाे र खाेप आएपछि भ्याक्सिनेशन गर्ने बताए ।

ठाकुरले पाेक्स भाइरसले रोगी पशुको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क, दुषित हावापानी, मलमुत्र, सोत्तर र सङ्क्रमित भाँडाकुँडा, लामकुट्टे, झिँगाको टोकाईले याे राेग सर्ने हुँदा चाैपायामा समस्या देखिन साथ पशु प्राविधिकलाई सम्पर्क गर्न आग्रह गरे ।

उनका अनुसार शरिरका विभिन्न भागहरुमा गिर्खा/गाँठहरु आउने, गिर्खाहरु फुट्ने, घाउ हुने, उच्च ज्वरो आउने, दानापानी नखाने वा कम खाने, दुध उत्पादन घट्ने, आँसु, सिँगान बगाउने, चिप्रा लाग्ने लक्षण देखा पर्छन् ।

पशु प्राविधिक सबिता न्याैपानेका अनुसार गाई, भैँसीलाई नियमित रुपमा खोप लगाउने, सङ्क्रमित पशुलाई बथानबाट अलग्गै राख्ने, लामखुट्टेलाई नियन्त्रण गर्ने, गोठ/खोरको सरसफाईमा विषेश ध्यान दिने, नयाँ पशुलाई ल्याउँदा क्वारेनटाइनमा राकेर मात्र अन्य पशुहरुसँग मिसाउने, रोग फैलियको समयमा चरिचरनमा नलैजाने, जैविक सुरक्षा अपनाउँँदा राेग लाग्नबाट बचाउन सकिन्छ ।

उनलेे रोग देखा परेपछि बिरामी पशुलाई बथानबाट अलग राख्ने, गोठ दैनिक सफा गर्ने, रोग नियन्त्रणका लागि निसंक्रमण (disinfection) गर्ने, सन्क्रमितले प्रयोग गर्ने खानेपानीको भाँडा, दूध दुहुने भाँडा, औजार आदि छुट्टै राख्ने, राम्रोसँग सफा गर्ने, गोठमा कीटनाशक छर्कने, गोठ वरिपरि झार फाल्ने, पानी जम्न नदिने, गोठमा जाने मानिसहरूको संख्यामा नियन्त्रण गर्ने, बिरामी पशु बेचबिखन, जात्रा, मेलामा नलैजाने सल्लाह दिइन् ।

Facebook Comments Box