हिन्दु -मुस्लिम एकताकाे प्रतीक माेहर्रम
कपिलवस्तु , असार २२ । जिल्लामा माेहर्रम पर्व हिन्दु-मुस्लिम दुवै समुदायले साैहर्दय रुपमा मनाउदै आएका छन ।
मोहर्रम पर्व इस्लाम धर्म अनुसार नयाँ वर्षको पहिलो महिना हो र यस महिनाको पहिलो १० दिन—विशेष गरी आशुरा (१० औं दिन)—धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। यो पर्व विशेष गरी शिया मुस्लिम समुदायद्वारा शोक पर्वका रूपमा मनाउने गरे तापनि बर्षाैंदेखि हिन्दु समुदायपनि आस्थाका आधारमा मनाउने गरेका छन ।
मोहर्रम पर्व सन् 680 ईस्वीमा करबलाको युद्धमा इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसैनलाई उनको परिवार र समर्थकसहित यजीदको सेनाले शहीद गरेका थिए। इमाम हुसैनले अन्याय, अत्याचार र अधर्मको विरुद्धमा लड्दै शहादत प्राप्त गरेका थिए। उनको बलिदान नै मोहर्रम मनाउनुको मुख्य कारण रहेकाे कृष्णनगर माेहर्रम मेला समितिका आयाेजक राशिद मिर्जाले बताउनु भयाे ।
आयाेजक मिर्जाले पुर्खाैंदेखि हिन्दु-मुस्लिम दुवै समुदायले साैहर्दयपुर्ण तरिकाले माेहर्रम मनाउने गरिन्छ ।
खासगरि शिया मुस्लिमहरू यो महिनामा शोक मनाउँछन्। आत्मनिरीक्षण, प्रार्थना र मातम (शोक प्रदर्शन) गरिन्छ।
दुवै समुदायले ताजिया (इमाम हुसैनको समाधिको प्रतीक) बनाई जुलुस निकालिन्छ र कर्बलामा विसर्जित गर्ने पराम्परा रहेकाे छ ।
सुन्नी मुस्लिमहरू पनि यो महिनालाई पवित्र मान्छन्, तर उनीहरूले यसलाई शोकको रूपमा भन्दा पनि उपवास र धार्मिक अभ्यासका रूपमा मनाउँछन्।
माेहर्रम पर्व हिन्दु- मुस्लिम समुदायकाे एकता र साैहर्दयताकाे प्रतीकका रुपमा तराईका विभित्र जिल्लामा मनाइने गरिएकाे कृष्णनगर नगरपालिका वडा २ का अध्यक्ष कृष्ण कुमार गुप्ताकाे भनाई छ ।
कृष्णनगर , ताैलिहवा , महाराजगन्ज लगायत विभिन्न ठाउंमा माेहर्रम पर्व शान्तिपूर्ण , साैहर्दयताका मनाइएकाे छ ।
