मायादेवीमा आर्थिक सुशासन कायम गर्न प्रतिबद्ध छु : आर्थिक शाखा प्रमुख गौतम
वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका आर्थिक शाखा प्रमुख गिरिराज गौतमले पालिकामा आर्थिक अनियमितता हुन नदिन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले राजनितिक प्रतिशोध र व्यक्तिगत अन्तरविरोधका आधारमा अख्तियारमा उजुरी पर्ने गरेको बताउँदै यस्तो बताउनुभएको हो ।
आर्थिक क्रियाकलापहरु पारदर्शी, नियमसंगत र औचित्यपुर्ण भएनभएको विषयले आर्थिक सुशासनलाई ब्याख्या गर्ने उहाँको भनाई छ ।
उहाँले वडाबाट हुने राजश्व चुहावट रोक्न वडाबाट प्राप्त हुने सिफारिस प्रणालीलाई सफ्टवेरको रुपमा विकास गरिएको बताउनुभयो । उहाँले अहिले पुर्ण रुपमा विद्युतीय भुक्तानी प्रणाली अवलम्बन गरेको बताउनुभयो । जसले सेवाग्राहीहरु चेक लिन नगरपालिका धाउनुपर्ने स्थितिको अन्त्य भएको उहाँले बताउनुभयो ।
आवश्यक कागजात पुरा भई आएको फाईल एकछिन पनि नरोक्ने बताउँदै उहाँले भन्नुभयो, ‘सम्पुर्ण प्रक्रिया पुरा गरेर मात्र भुक्तानीको काम अगाडि बढाउने कार्यमा प्रतिवद्ध छु । अनावश्यक दबाद त्यति धेरै आउँदैन् । आए पनि चुक्नेवाला छैन् ।’
नियमानुसार काम गर्दै गए जस्तो सुकै उजुरी परे पनि कुनै फरक नपर्ने उहाँको भनाई छ । वैखरी
