कर्मचारीमाथि अभद्रता भएकाे भन्दै नगरपालिकामा पेनडाउन

सेयर गर्नुहोस

कृष्णनगर / बैशाख ६ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को लेखाशाखा प्रमुखको रूपमा कार्यरत लेखापाल सन्तोस पंथी माथि हिजो आइतबार करीब ११:३०बजे सोही नगरपालिका वडा न.६ का वडा अध्यक्ष देवानन्द शुक्ला ले हातपात गरेका हुन । लेखा शाखामा आई कर्मचारी कै कार्यकक्षमा कर्मचारी माथि गरिएको हातपात तथा अमर्यादित ब्यवहारको घटना प्रति खेद प्रकट गर्दै सम्पुर्ण कर्मचारिले एकबद्ध भई विज्ञाप्ति जारी गरि घोर बिरोध गरेका छन । उक्त घटनाले गर्दा त्यहाँका कर्मचारीहरुमा डर र त्रासपुर्ण बाताबरण सिर्जना भएको हुँदा उक्त घटनाको छानबिन गरी क़ानून बमोजिम कारवाहिको मांग गरेको छ ।साथै सम्पुर्ण कर्मचारिलाइ शान्ती सुरक्षाको प्रत्यभूति नहुदा सम्म यस कृष्णनगर नगरपालिका को सम्पुर्ण कर्मचारीहरुले आफ्नो पेन डाउन गरेको विज्ञप्तिमा उल्लेख छ ।
उता वडाध्यक्ष शुक्लाले लेखापाल पन्थीसंग आफ्नाे नाममा देखिएकाे वेरुजु बारे साेधेपछि माथि गएर साेध भनी अभद्र व्यवहार गरेकाेले नगरप्रमुख रजत प्रताप शाहलाई पत्र लेखेर कार्यवाहीकाे माग गरेका छन । वडाध्यक्ष शुक्ला स्थानिय तह निर्वाचनमा कांग्रेस पार्टीबाट कृष्णनगर नगरपालिकाकाे वडा ६ मा जीतेका थिए ।

Facebook Comments Box