आधारभूत अस्पताललाई थप सुबिधा सम्पन्न बनाउने अभियानमा छौँः अध्यक्ष थापा
मायादेवी विजयनगर । कपिलवस्तुको विजयरनगर गाँउपालिकाका अध्यक्ष गोपाल थापा मगरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको स्वास्थय सेवा प्रवाहबारे अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अस्पताललाई थप सुबिधा सम्पन्न बनाउन कार्यपालिकाको बिशेष ध्यानाकर्षण भएको भन्दै आगामी आवको साउन देखी आँखा सेवा युनिट सञ्चालन गर्ने योजना रहेको बताए । पालिकामा हाल सम्म तिन वटा बर्थिगं सेन्टर सञ्चालनमा ल्याईएको भन्दै स्वास्थ्य चौकी नभएको वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नियमित खोप र गर्भवती परिक्षणको क्षेत्रमा काम भैरहेको जानकारी गराए । अध्यक्ष थापाले भने, ‘पालिकामा स्वास्थ्यमा क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्मचारी, स्वयंसेवकको मुल्याकंन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको छौ, महिला स्वास्थ्य स्वंसेविकालाई बार्षिक २५ हजार प्रोत्साहन रकम दिदै आएका छौ, जुन जिल्लाभरमै सबै भन्दा बढि हो । आमा सुरक्षा, शिशु सुरक्षा र पालिकाको स्वास्थ्यको सुचक बृद्धिमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भुमिका उदाहणीय छ ।’ मायादेवी
