आन्तरिक राेजगारी प्रवर्द्धनका लागि सराेकारवालाकाे भूमिका विषयमा अभिमुखीकरण

सेयर गर्नुहोस


निलो मसिनिलो मसि २०८२ असार ११, बुधबार ११:५३ गते
घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ११ असार । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे राेजगार सेवा शाखाकाे आयाेजना र नेपाल विकास केन्द्रकाे सहजीकरणमा आन्तरिक राेजगारी प्रवर्द्धनका लागि सराेेकारवालाहरुकाे भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार शिवराज नगरपालिका-१ शिवपुरमा रहेकाे बिराट हाेटलमा अभिमुखीकरण कार्यक्रम गरिएको राेजगार सेवा शाखाका प्रमुख श्याम पुनले जानकारी दिए । विजयनगर गाउँपालिकाभित्र आन्तरिक रोजगारीको महत्व र यसको विकासका लागि आवश्यक कदमहरूका बारेमा जागरूकता बढाउने उद्देश्यले सराेकारवालाकाे भूमिका बारे अभिमुखीकरण गरिएको उनलेे बताए ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र स्थानीय समुदायका प्रतिनिधि बीच आन्तरिक रोजगारीको विषयमा बृहत छलफल गरिएको छ । रोजगारीको अवसर सिर्जना, सीप विकास, र स्थानीय उत्पादनको प्रवर्द्धन जस्ता विषयमा चर्चा गरिएको छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जाेड दिए । सीप भएपछि स्वत: राेजगारीकाे सिर्जना हुने बताउँदै जीवन निर्वाहमुखी मात्र नभएर व्यावसायिक रुपमा अगाडी बढाउनुपर्ने उनको भनाइ छ । व्यावसायिक रुपमा सञ्चालन भएपछि अरुलाई कामकाे अवसर प्रदान हुँँदै जाने उनलेे बताए ।

गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, संस्थाका प्रतिनिधि, लगायत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे कार्यक्रमलाई आन्तरिक राेजगार प्रवर्द्धन, पर्यटन तथा विकास अध्यता युवराज कँडेलले अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

Facebook Comments Box