विजयनगरकाे गाउंसभा कार्यपालिका सदस्यहरुद्वारा बहिष्कार

सेयर गर्नुहोस

कपिलवस्तु , असार १० । जिल्लाकाे विजयनगर गाउंपालिकामा नीति कार्यक्रम तथा बजेट बांडफांड न्यायाेचित नरहेकाेले कार्यपालिका सदस्यहरुद्वारा बाहिष्कार गरिएकाे छ ।
गाउंपालिकाकाे दाेस्राे गाउंसभाकाे साताैं अधिवेसनबाट हुने बजेट बांडफांडमा नगरप्रमुख गाेपाल थापाले मानमानी गरेकाे भन्दै ४ वडाध्यक्ष सहित दर्जनौं कार्यपालिका सदस्यहरुद्वारा गाउंसभा बहिष्कार गरेका छन । दक्षिणका वडालाई बाइपास गर्दै नगरप्रमुख थापाले आफ्ना अनुकुलका याेजनाहरु गाउंसभाबाट पास गराउन खाेजेकाे भन्दै बहिष्कार गरिएकाेे एक जना वडाध्यक्षले बताउनुभएकाे छ ।

जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अध्यक्षको मात्रै निर्देशन पालना गरेर अन्य जनप्रतिनिधिलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

“हामीले बिहानै योजना टिपाएका थियौं, तर ती समावेश गरिएनन्,” एक वडाध्यक्षले भने ।

चार वडाका जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेपछि गाउँसभा प्रभावहीन बनेको छ । असन्तुष्ट समूहले पारदर्शिता र समान सहभागिताको माग गर्दै सुधार नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

स्थानीय तहको योजना निर्माणमा समावेशिता र सहमतिको अभ्यास नगरेर ‘पेलेर’ अघि बढाउने प्रवृत्तिले विजयनगर गाउँपालिकामा नयाँ राजनीतिक संकट उत्पन्न भएको छ ।

Facebook Comments Box