रुपन्देहीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सेयर गर्नुहोस

वैखरी काठमाडौँ — रुपन्देहीमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका-७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरको ठक्करबाट सम्मरीमाई गाउँपालिका-५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेका छन् ।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ गुड्दै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टिपर ले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । प्रहरीले ठक्कर दिने टिपर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

घटनापछि गम्भीर घाइते भएका खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालले मृत घोषणा गरेको हो ।

Facebook Comments Box