एक जना भारतीय आफ्नै काेठामा मृत भेटिए
कृष्णनगर , असार ६ । जिल्लाकाे कृष्णनगरमा एक जना भारतीय युवक आफ्नै काेठामा मृत भेटिएका छन ।
कृष्णनगर वडा २ का राम मिलन गुप्ताकाे घरमा भाडामा बस्दै आएका भारत उत्तर प्रदेश राज्यकाे सिद्धर्थ नगर अमाैली निवासी लगभग २६ बर्षका युवक राम कुमार प्रजापति हिजाे झुन्डिएको अवस्थामा मृत फेला परेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
आफू सुत्ने काेठामा पंखा झुन्डाउन राखिएकाे कुण्डीमा ओढ्ने सालकाे पासाे लगाई आत्महत्या गरेकाे मृतककी श्रीमती रेस्मा प्रजापतिले प्रहरीलाई जनाएकी छिन ।
नैमिया मस्जिद राेडकाे घरबेटी गुप्ताकाे घरमा लगभग २ महिनादेखि बस्दैे आएका प्रजापतिका एक छाेरा र एक छाेरी रहेकाे इ.प्र.का.कृष्णनगरले जानकारी गराएकाे छ ।
Facebook Comments Box
