काठमाडौँ चक्रपथभित्रको निषेधाज्ञा हट्यो
काठमाडौँ : काठमाडौँको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गर्दै चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालयले जेठ १८ गतेको आदेश मार्फत काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो।
‘ती आदेश हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ। थाहा खबर
Facebook Comments Box
