जनचेतना माविमा उद्यमशीलता परियोजना सहित शैक्षिक सामग्रीको प्रदर्शनी

सेयर गर्नुहोस

कपिलवस्तु, असार ४ गते।
विद्यालयमा अध्यापन गराउने विज्ञान, अंग्रेजी र प्राविधिक तथा व्यावसायिक शिक्षा कम्प्युटर इन्जिनियरिङ संग सम्बन्धित शैक्षिक सामग्रीको प्रदर्शनी एवम् उद्यमशीलता चुनौती परियोजना अन्तरगत व्यावसायिक योजनाको कार्यान्वयनमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.८, लक्ष्मणपुरमा अवस्थित श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
विभिन्न समूहका विद्यार्थीहरूले फरक फरक खाद्य सामाग्री जस्तै: पानीपुरी,मो.मो.,फिंगर चिप्स,चटपटे,चाउमिन,फलफूल ,पकौडा,गोझिया, सोहिना,पापड,लस्सी,चिया,पपकर्न लगायत विभिन्न परिकारका स्टलहरू लगाएका थिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, वडा अध्यक्ष रिजवान खान,विद्यालयका संस्थापक अध्यक्ष बासुदेव जमरकट्टेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द कुमार शुक्ला, शिक्षक अभिभावक संघका अध्यक्ष उदयराज चौधरी ,त्रिभुवन आदर्श मा वि का प्र अ अर्जुन लोहार, बाल ज्योती मा वि का अध्यक्ष एवम् युवा समाजसेवी मुलचन्द्र यादव र प्र अ हेमराज पाठक, विद्यालय व्यवस्थापन समिति सतीश चन्द्र गुप्ता, निर्मला सुनार, वेद कुमारी पासी र शिक्षक अभिभावक संघका सदस्यहरू लगायत अभिभावकहरूको उपस्थिति थियोे ।

Facebook Comments Box